चुरे भावर समथर तराई गरि ३ भागमा अवस्थित भूू–वनौट रहेको यस सिरहा जिल्लामा करिव २२.५६ प्रतिशत वन रहेको छ । राष्ट्रिय वन निति अनुरुप सामुदायिक वनको रुपमा गाउँलेहरुलाई हस्तान्तरण गरि उनिहरुकै माध्यमवाट वनको उचित संरक्षण, व्यस्थापन तथा सदुपयोग गर्ने हो भने अर्को तर्फ वनबाट टाँडा रहेको मानिसहरुलाई उनीहरुको निजी जग्गामा बढी भन्दा बढी बिरुवा लगाउन प्रेरित गरी वन पैदावारमा आत्मनिर्भर बनाई जिविकोपार्जनमा सुधार ल्याउनु हो । वनको दिगो व्यस्थापन प्रति डिभिजन वन कार्यालय सधै सजक र गम्भिर रहदै आईरहेको छ ।
वन संरक्षण र विकासको अविभारा बोकेको यस डिभिजन वन कार्यालयवाट प्रदान गरिदै आईरहेको सेवाहरु, वन स्रोतको संरक्षण, दिगो वन व्यवस्थापन, जीविकोपार्जनको लागी वन कार्यक्रम, वन सदुपयोगमा गरिवमुखि सामाजिक समावेशीकरण तथा त्यसको सदुपयोगमा खेलीरहेको अथक भुमिका र प्रयास जनस्तरमा ल्याउने उदेश्यले आजको संचारमय युगमा जनस्तरसम्म जिल्लाको हरेक गतिविधिहरुलाई सूचनाको माध्यमबाट पुरयाउन जमर्को स्वरुप यो पुस्तक प्रकाशन गरिएको छ ।
सिरहामा यस पुस्तिका मार्फत यस जिल्लामा मौज्दात वन श्रोतको वर्तमान अवस्था संरक्षण र व्यवस्थापनमा देखा परेका समस्याहरुलाई लिखित रुपमा जनता तथा सम्वन्धित निकाय समक्ष ल्याउन प्रयास गरिएको छ । यस पुस्तकमा सार्वजानिक जग्गा, नदी उकास जग्गा व्यवस्थापनबाट गरिबी निबारणमा वन क्षेत्रको विस्तार तथा वन पैदावार आपूर्तिमा हुने सकारात्मक अवस्थालाई औल्याउन कोशिस गरिएको छ ।
यस सिरहा डिभिजन वन कार्यालयबाट सम्पादित तथा संचालित वन व्यवस्थापन कार्यक्रमको बार्षिक प्रगति तथा वन श्रोतबाट प्राप्त राजश्व समेत यर्थात रुपमा लेखाजोखा गर्ने हेतुले यो पुस्तिका प्रकाशित गरिएको छ । आशा छ यस पुस्तिकाले वन विकास कार्यमा जिज्ञाशा राख्ने व्यक्ति संध संस्था समुदाय अनुसंधानकर्ताहरु वन प्राविधिक वुद्धिजिवि नागरिक समाज सबैको लागी उपलब्धि मुलक हुन सकोस र अगामी दिनमा यस पुस्तिकाले निरन्तरता लिन सकोस भने शुभकामना दिन चाहान्छौ ं ।
अन्तयमा विभिन्न तथ्याँकहरुलाई संकलन सम्पादन विश्लेषण गरी यस प्रकाशनलाई मुर्तरुप प्रदान गर्ने कार्यमा अथक प्रयास गर्ने कम्प्यूटर अपरेटर सन्तोष कुमार साह लगायत डिभिजन वन कार्यालय कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छौ ।
प्रकाशित मितिः: Jul 28, 2024
प्रकाशित मितिः: Jul 30, 2022
प्रकाशित मितिः: Feb 04, 2024
प्रकाशित मितिः: Aug 03, 2022
प्रकाशित मितिः: Aug 01, 2022
प्रकाशित मितिः: Aug 01, 2022
प्रकाशित मितिः: Aug 02, 2024
प्रकाशित मितिः: Aug 02, 2024
प्रकाशित मितिः: Aug 01, 2024
प्रकाशित मितिः: Feb 01, 2024
Copyright © 2025 - Division Forest Office, Siraha All rights reserved