१२ साउन, काठमाडौं । सर्वोच्च अदालतले आफ्नो भवन निर्माणसम्बन्धी अनियमिततामा ‘१५ दिनभित्र उचित परिणाम दिनु’ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ । पत्रमा त्यससम्बन्धी अनुसन्धानमा आवश्यक सबै सहयोग गर्न कामू प्रधानन्यायाधीश तयार रहेको उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग उच्च स्रोतले अनलाइनखबरलाई उपलब्ध गराएको पत्रमा ‘१५ दिनभित्र उचित परिणामको अपेक्षा सहित आदेशअनुसार अनुरोध छ’ भनिएको छ । प्रधानन्यायाधीशको सचिवालयले पठाएको ताकेता पत्रमा उल्लेख भए अनुसार १५ दिन अर्को हप्ता पूरा हुन्छ । पत्रमा न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशको हुने उल्लेख गर्दै अनुसन्धानमा आवश्यक सहयोग गर्न कामू प्रधानन्यायाधीश तत्पर रहेको भनिएको छ ।
प्रकाशित मितिः: Jul 28, 2024
प्रकाशित मितिः: Jul 30, 2022
प्रकाशित मितिः: Feb 04, 2024
प्रकाशित मितिः: Aug 03, 2022
प्रकाशित मितिः: Aug 01, 2022
प्रकाशित मितिः: Aug 01, 2022
प्रकाशित मितिः: Aug 02, 2024
प्रकाशित मितिः: Aug 02, 2024
प्रकाशित मितिः: Aug 01, 2024
प्रकाशित मितिः: Feb 01, 2024
Copyright © 2025 - Division Forest Office, Siraha All rights reserved